काँग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस ९ गते बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता नविकरणको समय थप गर्ने भएको छ।
मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले क्रियाशील सदस्यता नविकरणको म्याद थप गर्ने सहमति भएको हो ।।





प्रतिक्रिया राख्नुहोस्