पूर्व गृह सचिवसहित तीन जनाको विदेश भ्रमण र स्थान हद फुकुवा

काठमाडौ-जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव सहित, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरिएको छ ।

आयोगले आज तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडीओ) छविलाल रिजालको स्थान हद फुकुवा गरेको हो । अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो ।

आयोगले उहाँहरूको स्थान हदको निर्णय फुकुवा गर्ने निर्णय गरेकोे विज्ञप्तिमार्फत् जानकारी गराएको छ । आयोगले आन्दोलनका विषयमा उहाँहरूसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.