अमेरिकाद्वारा आईएसबिरुद्ध नाइजेरियामा हवाइ हमाला

अमेरिकाले अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

नाइजेरियाली सरकारको समन्वयमा सोकोतो राज्यमा आइएस लक्षित आक्रमण गरिएको प्रतिक्रिया नाइजेरियाली विदेशमन्त्रीले दिएका छन् ।

यसकालागि नाइजेरियाले अमेरिकालाई विभिन्न गुप्त सूचनाहरु उपलब्ध गराएको पनि विदेशमन्त्रीले दावी गरेका छन् । आगामी दिनमा थप आक्रमण हुन सक्ने पनि बताइएको छ ।

आक्रमणपछि राष्ट्रपति ट्रम्पले सामाजिक सन्जाल ट्रुथमा लेख्दै कुनैपनि प्रकारको मुस्लीम अतिवादी आतंकवादलाई हुर्किन नदिइने बताउनुभएको छ ।

नाइजेरियामा रहेका इसाई धर्मावलम्बीहरुको आइएसले हत्या गरेकोमा अमेरिकाले कडा प्रतिरोध गर्दै आएको थियो ।

यसैबीच नाइजेरियाको राजधानी मोगादिशुमा हिजो साँझ एक मस्जिदमा प्रार्थना भैरहेको समयमा विस्फोट हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.