नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि

काठमाडौँ- नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ आजदेखि सुरु भएको छ ।
पीएम कप एनभीए लिग छनोटको आधार समेत रहेको एनभीए भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन आज महिला र पुरुष दुवैमा दुई-दुई खेल हुनेछन ।।






प्रतिक्रिया राख्नुहोस्