प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनु भएको छ ।
सुशीला कार्की प्रधानमन्त्री भएपछि पहिलो पटक शीर्ष नेताहरु छलफलका लागि बालुवाटार पुग्नु भएको हो । यस अघि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सहित तीन शीर्ष नेताहरुले छलफल गर्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्