समानुपातिकतर्फका उम्मेद्वारको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने म्याद आज सकिँदैछ ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज सम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले मात्रै हिजो सूची पेस गरे भने धेरै दलले आज बन्दसूची पेस गर्दैछन् ।
त्यसका लागि दलहरूले आ-आफ्ना बैठक राखेका छन् ।
राजनीतिक दलहरुले बन्द सूची पेश गर्ने समय सार्न आग्रह गरे पनि निर्वाचन आयोगले निर्वाचन नै प्रभावित हुने भन्दै तोकिएकै कार्यतालिकालाई आधार मानेर काम सुरु भएको हो ।
आयोगमा १ सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक प्रमुख निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराइले राजनीतिक दलले सोमबारसम्ममा पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ ।
पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाइने छ ।
प्रतिनिधिसभाको २ सय ७५ स्थानमध्ये १ सय १० स्थान समानुपातिक प्रणालीबाट चयन गर्ने प्रावधान संविधानमा छ ।।






प्रतिक्रिया राख्नुहोस्