समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन निर्वाचन आयोगमा भीड

काठमाडौँ- आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुले आज उम्मेदवारहरुको बन्द सूची बुझाउने क्रम जारी छ ।
दलहरुले बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।
यसका लागि अहिले निर्वाचन आयोग परिसरमा दलका नेताहरुको भीड लागेको छ।
प्रमुख दलहरुले भने अझै नाम टुंग्याउन सकेका छैनन । मुख्य दलहरुको बैठक बसिरहेको छ।
आज साँझसम्म जसरी पनि बन्द सूची बुझाउनुपर्ने बाध्यता दलहरुलाई छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा र अरु मधेशबादी दलहरुले भने अझै समानुपातिकको बन्द सूची बुझाएका छैनन ।।






प्रतिक्रिया राख्नुहोस्