नेप्सेमा १०.५३ अंकको गिरावट

नेप्से परिसूचक आज घटेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि बढीरहेको नेप्से, आज भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा आइपुगेको छ ।

नेप्सेसँगै सोमवार कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज एसवाई प्यानल नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । आज ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य पनि करिब १० प्रतिशत बढेको छ कर्पोरेट र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २३ करोड २ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भयो । मञ्जुश्री फाइनान्सको पनि आज करिब १८ करोड रुपैयाँको शेयर कारोबार भयो भने शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोवार भयो ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचकमा हरियाली छाउँदा ११ उपसमूहको परिसूचक रातो बनेको छ । आज विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.