पाल्दोर हिमालमा आरोही पर्यटकको आकर्षण

रसुवा-हिमालमा महिला नेतृत्वको बलियो पाइलासँगै रसुवाको पाल्दोर हिमाल पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको छ ।

सगरमाथा आरोहण गरिसकेका अनुभवी पर्वतारोही, ट्रेकिङ गाइड तथा लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय महिलाहरूले केही समय अघि रसुवा र धादिङको सिमानामा रहेको पाल्दोरपिक हिमाल आरोहण गरेसँगै नयाँ पर्यटकीय गन्तब्य बनेको हो।

माउन्टेन लिडरशिप तालिममा सहभागी अठार जना महिलाको टोलीले पाँचहजार आठ सय छयानब्बे मिटरको पाल्दोर हिमालको सफलतापूर्वक आरोहण गरेको हो ।

आमाछोदिङमो गाँउपालिका चार गोल्जुङका स्थानीय लक्पा तामाङका अनुसार तामाङ सम्पदा मार्ग हुँदै जान सकिने यस आरोहणले हिमाली क्षेत्रमा महिलाहरूको नेतृत्व क्षमता र सक्रिय उपस्थितिलाई थप मजबुत त बनाएकै छ त्यस माथि आमाछोदिङमो गाँउपालिका वडा नम्बर पाँचमा रहेको यो हिमालले थप शाहशिक पर्यटक भित्राउन मदत पुग्ने बताउनुहुन्छ ।

असिस्टेन्ट गाइड निग्माझङम्मु शेर्पाका अनुसार उक्त समूहसँगै फिक्सिङ टिमका कर्मा शेर्पाफुरी शेर्पा पनि सहभागी थिए ।

फिक्सिङ टिमका क्लाइम्बिङ गाइड कर्मग्याल्जेन शेर्पाले उक्त टोलीका लागि रोप फिक्सिङ गर्दै दुई पटक पाल्दोर हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो ।

  ग्लोबल इन्क्लुसिभ एड्भेन्चर अर्गनाइजेसनकी पूर्व अध्यक्ष माया गुरुङका अनुसार तालिम टोलीको नेतृत्व फुरा दिकी शेर्पाले गरेकी थिइन् ।

पाल्दोर हिमाल तालिम तथा ट्रेकिङका लागि उपयुक्त हिमालका रूपमा परिचित हिमाल मानिन्छ ।

त्यहाँबाट गणेश हिमाल, मनास्लु, लाङटाङ लिरुङलगायत हिमश्रृङ्खलाका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ ।

पछिल्ला दिनहरूमा पाल्दोर हिमालमा महिलाहरूबाट गरिएको साहसिक आरोहणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका होटल व्यवसायी तथा होमस्टे सञ्चालकहरूले गरेका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.