नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोवार रकम पनि बढ्यो

नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आजको बजारमा कारोबारमा आएका २६० वटा कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिदविक्री भएको छ । गत सोमबारको बजारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।
आज दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यसैगरी बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आजको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ ।






प्रतिक्रिया राख्नुहोस्