नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको र राष्ट्रिय झण्डा भन्ने वित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किने उल्लेख गर्नुभयो । 

मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताउनुभयो ।

मन्त्री खरेलले नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुदा राष्ट्रिय महत्व आफैमा बढेको छ र विश्वभर नेपालीको पहिचानको परिचय दिइरहदाँ शिरमाथि लगाएको ढाका टोपी दौरा सुरुवाल भएकोले नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै भएको धारणा राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा राष्ट्रिय हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.