कार्यसम्पादन समिति बैठकअघि पदाधिकारीसँगको छलफलमा देउवा

काठमाडौं -नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको भए पनि त्यसअघि पदाधिकारीबीच छफल हुने बताइएको छ ।
देउवा निवास महाराजगंजमा अहिले सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग छलफल गर्न लाग्नु भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
यसअघि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने आशयको विज्ञप्ति जारी गर्दै मिति समेत तोकेपछि काँग्रेसको आन्तरिक राजनीति तरङ्गित भएको छ ।






प्रतिक्रिया राख्नुहोस्