जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान प्राप्त भएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीको बयान आयोगलाई आज प्राप्त भएको जानकारी दिनुभएको हो । यसअघि आयोगले आजै ओलीलाई बयानका लागि पत्राचार गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

आयोगले पत्राचार गरेपछि ओलीको बयान आएको र आयोगले यसलाई प्रकृयागत रुपमा अगाडि बढाउने प्रवक्ता शर्माले स्पष्ट गर्नुभयो । तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने बताउदै आउनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.