नयाँ नेतृत्व चयनका लागि मनोनय पत्र दर्ताको समय थपियो
सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा शीर्ष नेताहरुलाई कुर्दै कार्य समिति सदस्यहरु

काठमाडौँ- नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनय पत्रका दर्ताका लागि मनोनयको समय थप गरेको छ । निर्वाचन समितिले बेलुका ७ -३० बजे सम्मका लागि मनोनय पत्र दर्ताको समय थप गरेको हो । यस अघि तीन बजे सम्मका लागि मनोयन पत्रको समय निर्धारण गरिएको थियो ।

यता मनोनयनको समय थप भइरहँदा सानेपा स्थित पार्टी मुख्यालयमा भने आज ११ बजेका लागि अझै केन्द्रीय कार्य समिति बैठक सुरु हुन सकेको छैन । केन्द्रीय कार्यालयको बैठक हलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुर्दै बसेका छन् । शीर्ष नेताहरु आन्तरिक छलफलमै ब्यस्त छन् ।






प्रतिक्रिया राख्नुहोस्