चितवनको देवघाटमा माघे संक्रान्ति मेला शुरु

राजेन्द्र आचार्य- तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाट धाममा माघेसङ्क्रान्ति मेलाका लागि भक्तजनको आगमन सुरु भएको छ । बुधबार रातिदेखि भक्तजनको भिड बढ्न थालेको छ भने वेणीसङ्गममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएको छ।
यस वर्ष करिब तीन लाख भक्तजनले देवघाटधाममा स्नान तथा दर्शन गर्ने अनुमान गरिएको छ । माघेसङ्क्रान्तिका अवसरमा त्रिशुली र कालीगण्डकी नदीको सङ्गममा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।मेलालाई व्यवस्थित बनाउन सवारी तथा पैदल मार्ग, पार्किङ र सुरक्षा व्यवस्था मिलाइएको छ । करिब ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तजनलाई निषेधित सामग्री प्रयोग नगर्न र सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.