काँग्रेसको चुनावी घोषणापत्र बनाउन सभापति थापाको अध्यक्षतामा समिति गठन

उप सभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति

काठमाडौँ – नेपाली काँग्रेसले आसन्न  निर्वाचनमा पार्टीको घोषणापत्र निर्माणका लागि सभापति गगनकुमार थापाको अध्यक्षमा समिति गठन गर्ने निर्णय गरेको छ ।

दोस्रो विशेष महाधिवेशनपछि गठित केन्द्रीय कार्य समितिको पहिलो बैठकले सभापति गगन थापाको नेतृत्वमा पार्टीको घोषणापत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठककले उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले विशेष अधिवेशनको निर्णय  निर्वाचन आयोगमा अध्यावधिक गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.