विशेष महाधिवेशनको निर्णय अध्यावधिक गराउन आयोगमा विवरण पेश

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठकका निर्णयहरु साथै विशेष अधिवेशनबाट लिएका निर्णयहरु निर्वाचन आयोगमा अध्यावधिकका लागि कागजात पेश गरिएको छ ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनपछि नवगठित कार्यसमितिका सभापति गगनकुमार थापा सहित काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर विवरण पेश गर्नुभएको हो ।
यसअघि ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले गरेका निर्णयहरु आयोगमा पुगेर आध्यवधिक गर्ने निर्णय गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्