रुपन्देहीमा राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता

काठमाडौँ- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा पनि विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

रुपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष विष्णु पौडेलले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसको तर्फबाट चुन्नुप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट विश्वदीप पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुलभ खरेलले मनोयन दर्ता गराउनु भएको छ ।

यस्तै क्षेत्र नं. ३ मा नेकपा एमालेबाट बासुदेव घिमिरे, नेपाली काँग्रेसको तर्फबाट सुशिल गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट फैजअहमद खाँन, रास्वपाबाट लेखजंग कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट हिरा बहादुर खत्री, नेकपा एमालेको तर्फबाट दधिराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीबाट घनश्याम यादव, रास्वपाबाट सुनिल लम्सालले मनोनयन दर्ता गराउनु भएको छ ।

क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका भरत शाह, नेकपा एमालेबाट खिमलाल भट्टराई, नेपाली कम्युनिष्ट पार्टीबाट वकील मुसलमान लगायत अन्य राजनीतिक दलका नेताहरुले पनि मनोनयन दर्ता गराउनु भएको छ । यस्तै क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका तर्फबाट आसुतोष मिश्र, नेपाली काँग्रेसको तर्फबाट बाबुलाल यादवले उम्मेदवारको मनोयन दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.