मधेश प्रदेशमा नेपाली कांग्रेस–एमाले र जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु बिजयी

मधेश प्रदेश- मधेश प्रदेशबाट राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् ।

गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन् ।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाउन सके । अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो ।

त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सके । उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याए । अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो ।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याइन् । दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो ।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके । जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाएकी थिइन् । महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.