ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

काठमाडौँ- मंगलबार विहान काठमाडौंको बानेश्वरमा डिउटीमा रहेकी महिला प्रहरीमाथि हातपात भएको छ। उक्त  घटनालाई लिएर समाजिक संजालमा चर्को आलोचना एवम्  टिका टिप्पणीहरु भएका छन् ।

मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गर्ने  पुरूष  भने हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत रहेको प्रहरीले जनाएको छ ।

महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसै क्रममा प्रहरी जवानमाथि ती पुरूषले हातपात गरेका थिए। हातपात गरेलगत्तै प्रहरीले कठायतलाई पक्राउ गरेको हो।

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने लाइ सजाय के हुन्छ  ? 

मुलुकी अपरधान सहिता २०७४ अनुसार ड्युटीमा खटिएका राष्ट्रसेवकलाई हातपात, जोरजुलुम वा हूलहुज्जत गरी कर्तव्य पालनमा अवरोध पुर्‍याए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ८५ मा आफ्नो पदीय कर्तव्य पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई जोरजुलुम, हूलहुज्जत वा अन्य कुनै किसिमले बाधा–विरोध गरी कर्तव्य पालनमा अवरोध पुर्‍याउन नहुने व्यवस्था गरिएको छ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै, राष्ट्रसेवकले गैरकानुनी भेला रोक्ने, भङ्ग गर्ने वा हूलदङ्गा रोक्ने क्रममा कर्तव्य निर्वाह गरिरहेको अवस्थामा बाधा वा विरोध गरे दफा ६६ समेत आकर्षित हुन सक्छ।

 

त्यसै गरी त्यस्तो अपराध गर्नेलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको अवस्थामा भने संहिताको दफा ११८ समेत आकर्षित हुन्छ ।

 

हातपातका कारण राष्ट्रसेवकलाई चोटपटकसमेत लागेको भए घटनाको प्रकृति र चोटको अवस्थाअनुसार अन्य थप कसुर तथा सजायका व्यवस्था समेत आकर्षित हुने कानुनी ब्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.