कस्ता कार्यक्रम आउँदैछन् एमालेको घोषणा पत्रमा ?

काठमाडौं – नेकपा एमाललेले देशको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताएको छ ।
प्रचार संयोजक मीनबहादुर शाहीले आज एक विज्ञाप्ति जारी गर्दै एमालेले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दीगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको जानकारी गराउनु भएको हो ।
एमालेले व्यावहारिक र पाँच वर्षमा ठोसरूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू मात्र समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै बीच घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा एमाले अध्यक्ष ओलीले ओलीले सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको पार्टी धारणा राख्नु भएको थियो ।
ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुऱ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने पनि विज्ञाप्तिमा भनिएको छ।






प्रतिक्रिया राख्नुहोस्