देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान जारी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचनको आज मतदानको दिन देशभर शान्तिपूर्ण र उत्सहापूर्वक रुपले अघि बढेको निर्वाचन आयोगले जनाएको छ । धेरै मतदान केन्द्रहरुमा विहान ७ बजेबाट मतदान सुरु भएको थियो ।
केही मतदान केन्द्रमा केही समय ढिला गरी सुरु भएको हो । भक्तपुर प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम छन् ।
पुरुषभन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं १ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् । यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । पुरुषभन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।
क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ––






प्रतिक्रिया राख्नुहोस्