एक सय पाँच वर्षीय खड्काले गर्नुभयो पहिलो मतदान
काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गर्नुभएको छ ।
मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”
खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताउनुभयो ।
मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उहाँप्रति सम्मान प्रकट गर्दै धेरैले उहाँसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए ।






प्रतिक्रिया राख्नुहोस्