दाङका दुई मतदान केन्द्रमा अझै सुरु भएन मतदान,बस्ती स्थानान्तरणको माग राख्दै मतदान नगर्ने अडान

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङका दुई मतदान केन्द्रमा मतदान अझै सुरु हुन सकेको छैन। मतदान सुरु भएको तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि बबई गाउँपालिका–१ जिल्ला स्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोला स्थित देउती माध्यमिक विद्यालय मलैमा मतदान हुन सकेको छैन।
मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेर कर्मचारीहरू मतदान केन्द्रमा तयारी अवस्थामा रहे पनि मतदाताहरू मतदान गर्न नआएको जनता आधारभूत विद्यालय जिल्ला स्थित मतदान केन्द्रका मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त मतदान केन्द्रमा ६८२ जना मतदाता रहेका छन्।
त्यसैगरी बबई गाउँपालिका–७ तल्लो मलैखोला स्थित देउती माध्यमिक विद्यालय मलैखोलामा पनि अहिलेसम्म मतदान सुरु हुन नसकेको मतदान अधिकृत टेकबहादुर केसीले जानकारी दिनुभयो।
बबई गाउँपालिका–१ र ७ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन्। सोही कारण मतदाताहरू मतदान केन्द्रमा उपस्थित नभएको बताइएको छ।
उक्त क्षेत्रका मतदातालाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहे पनि उनीहरू अझै मतदान प्रक्रियामा सहभागी नभएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो।
बाँके राष्ट्रिय निकुञ्ज पीडित दाङ मध्यवर्ती क्षेत्रका आन्दोलनरत स्थानीयका कारण बबई–७ देउती मावि मलै र बबई–१ जनता आवि जिल्ला स्थित मतदान केन्द्रहरूमा अहिलेसम्म मत खस्न सकेको छैन। मतदान केन्द्रहरू सुनसान अवस्थामा रहेका






प्रतिक्रिया राख्नुहोस्