महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया पुन: सुचारु

महोत्तरी- दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सुचारु भएको छ । सो मतदान केन्द्रमा २ घण्टापछि मतदान प्रक्रिया सुचारु भएको हो ।
केही मतदाताले दोहोर्याएर मतदान गर्ने प्रयास गरेपछि विवादको स्थिति सिर्जना भएको थियो । साढे १० बजेदेखि स्थगित भएको मतदान प्रक्रिया मध्यान्ह १२ बजेपछि सुचारु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
विवादको क्रममा वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइते समेत भएका थिए ।






प्रतिक्रिया राख्नुहोस्