रुपन्देही-४ बाट रास्वपाका कन्हैया बनिया निर्वाचित

काठमाडौँ- रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाले २८ हजार ६६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभएको छ ।
भारतीय सिमावर्ती मर्चवारीमाई गाउँपालिकाको रायपुरमा जन्मिएका ३६ वर्षीय बनिया २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजबादी पार्टीबाट रुपन्देही ४ (क) बाट बिजयी हुनु भएको थियो ।
प्रदेशसभामा निर्वाचित भएपछि आफ्नो क्षेत्रका बासिन्दाका लागि आवश्यक काम गर्न नपाएको गुनासो गर्दै आएका बनिया निर्वाचन अघि रास्वपा प्रवेश गरी निर्वाचन लड्नु भएको थियो ।
स्नातकोत्तर अध्ययन गर्नु भएका बनिया राजनीतिमा प्रवेश गर्नुअघि व्यवसायमा संलग्न हुनु भएको थियो। मर्चवारीमाईको रायपुरमा उहाँको अहिले पनि पेट्रोलियम लगायत व्यापार छ ।।






प्रतिक्रिया राख्नुहोस्