पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम)- पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो ।

यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.