सप्तरी-३ मा रास्वपाका अमरकान्त चौधरी निर्वाचित

काठमाडौँ-सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।
उहाँले ३२ हजार ८७५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।
सप्तरी-३ बाट निर्वाचित अमरकान्त चौधरी स्थानीय पहिचानसहित संघीय राजनीतिमा नयाँ अभ्यासको एजेन्डा बोकेर मैदानमा होमिनुभएको थियो ।
४४ बर्षीय चौधरी नीति, सेवा-डेलिभरी र स्थानीय विकासका मुद्दामा तथ्यपरक बहस गर्न सक्ने शैक्षिक आधार भएका व्यक्ति मानिनुहुन्छ । पारदर्शिता, जवाफदेहिता र सुशासनको बहसलाई संघीय संसदसम्म लैजान सक्ने प्रतिनिधि सभा सदस्यको रुपमा उहाँलाई हेरिएको छ।
शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना र स्थानीय पूर्वाधार विकासमा निरन्तर ध्यान केन्द्रित गर्दै आउनु भएका चौधरी २०७४ सालदेखि राष्ट्रिय जनतापार्टीमा आवद्ध हुनुहुन्थ्यो । यही निर्वाचनको केही समय अघि मात्र उहाँ रास्वपा प्रवेश गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्