ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे विजयी

काठमाडौँ- ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे निर्वाचित हुनुभएको छ । थेबेले १३९६२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११,७११ मत प्राप्त गर्नुभयो ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–१, सिनाममा विक्रम संवत् २०४४ साल मंसिर २७ गते जन्मिनु भएका थेबे पारिवारिक राजनीतिक पृष्ठभूमिबाट राजनीतिमा आउनु भएको हो।

स्नातक तहसम्म अध्ययन गर्नु भएका थेबेले नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नु भएको हो।

उहाँका पिता भूपेन्द्र थेबे संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्य हुनु भएको थियो।

त्यसैगरी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उहाँकी माता उर्मिला थेवे एमालेको समानुपातिक सूचीबाट सांसद बन्नु भएको थियो।

थेबे युवा संघको केन्द्रीय सदस्य, सचिव र उपाध्यक्ष हुँदै दुई पटक केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो।

एमालेको प्रदेश कमिटी सदस्य रहनु भएका थेबे पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो।

थेवेको यो पहिलो संसदीय यात्रा हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.