महोत्तरी-४ बाट रास्वपाकी गौरी कुमारी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी-४ बाट रास्वपाकी गौरी कुमारी विजयी हुनुभएको छ । उहाँले ३०१३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादवले ८७४२ मत प्राप्त गर्नुभएको छ ।

रास्वपाकी नेतृ गौरी कुमारी यादवको जन्म विक्रम संवत् २०२८ माघ १० गते महोत्तरीको साम्सी गाउँपालिका, संग्रामपुरमा भएको हो।

उहाँ स्थानीय समाज तथा राजनीतिमा परिचित, शिक्षित महिला व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

रास्वपामा आवद्ध हुनुपूर्व उहाँ मधेसमा वैकल्पिक राजनीति र परिवर्तनको एजेन्डा अघि बढाउने दृष्टिकोणका साथ सक्रिय रहँदै आउनु भएको थियो ।

यादवले शिक्षा र सामाजिक परिवर्तनलाई विशेष प्राथमिकता दिनुहुन्छ।

सेवा, अवसर विस्तार र स्थानीय मुद्दामा केन्द्रित अभियानमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको लक्ष्य रहेको छ।

स्थानीय तहका समस्यालाई बुझेर नीतिगत समाधानतर्फ जोड दिने दृष्टिकोण राख्दै आउनु भएकी उहाँ समाजसेवाका विभिन्न गतिविधिमा सहभागी हुँदै आउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.