सर्लाही-१ बाट रास्वपाकी नितिमा भण्डारी कार्की विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही-१ बाट रास्वपाकी नितिमा भण्डारी (कार्की) विजयी हुनुभएको छ। उहाँले ४४१८१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले ७८७१ मत प्राप्त गर्नुभएको छ ।
विक्रम संवत् २०३९ सालमा जन्मिनु भएकी नितिमा भण्डारी कार्की काठमाडौँ महानगरपालिका, सिनामंगलकी स्थायी बासिन्दा हुनुहुन्छ।
स्नातक उत्तीर्ण गर्नुभएकी कार्की रेस्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि तथा निर्यात-आयात क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय र सफल उद्यमीका रूपमा चिनिनुहुन्छ।
उहाँले नेपाली उत्पादन तथा ब्रान्डलाई विश्वका पाँचभन्दा बढी देशसम्म पुर्याउन सफल हुनु भएको छ। स्थानीय कच्चा पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र विभिन्न उद्योगमार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आर्थिक आत्मनिर्भरता निर्माणमा योगदान पुर्याउने उद्यमीका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ।
कृषिमा नीतिगत भ्रष्टाचार अन्त्य, किसानका समस्या समाधान तथा सिँचाइ व्यवस्थालाई प्राथमिकता दिँदै उत्पादन र आय वृद्धि गर्ने स्पष्ट रोडम्यापका उहाँसँग रहेको छ ।
यसका साथै नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघ जस्ता संस्थाहरूमा आबद्ध भई उद्यमीहरूको हकहितका लागि पनि सक्रिय रहँदै आउनु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्