सर्लाही-३ बाट रास्वपाका नरेन्द्र साह कलवार विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही- ३ बाट नरेन्द्र साह कलवार विजयी हुनुभएको । उहाँले ४६८९० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३३३८ मत प्राप्त गर्नुभएको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा जन्मिनु भएका नरेन्द्र साह कलवार सामाजिक सेवा तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

५३ बर्षीय कलवार २०४६ सालदेखि उहाँ विभिन्न सामाजिक सेवामूलक कार्यहरूमा सक्रिय रहनु भएको छ भने वि.सं. २०४८ सालदेखि विभिन्न विकासमुखी कार्यक्रमहरूमा निरन्तर संलग्न हुँदै आउनु भएको छ।

सामाजिक सेवा, पर्यटन, मिडिया तथा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय रहँदै उहाँले ‘समाधान–केन्द्रित’ भूमिका निर्वाह गर्दै आउनु भएको छ।

सकारात्मक सोच, स्पष्ट प्रतिबद्धता, परिणाममुखी कार्यशैली, नैतिक उत्तरदायित्व र जनमुखी नेतृत्व उहाँका पहिचानका रूपमा लिइन्छ।

उहाँले विशेषगरी शिक्षा, युवा रोजगारी, सामाजिक न्याय तथा सुशासनका विषयमा निरन्तर पहल र सक्रियता देखाउँदै आउनु भएको छ।

जनसहभागिता, पारदर्शिता र जवाफदेहिता बिना दिगो विकास सम्भव छैन भन्ने मान्यताका साथ उहाँ विकास योजनाहरूलाई व्यवहारिक र दिगो बनाउने दृष्टिकोण राख्नुहुन्छ।

अवसरको समान पहुँच, स्थानीय स्रोतको अधिकतम उपयोग तथा युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने अवसर सुनिश्चितमा उहाँको जोड रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.