बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी- बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।
नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्