पर्सा-१ बाट रास्वपाका बुद्धिप्रसाद पन्त विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा-१ बाट रास्वपाका बुद्धिप्रसाद पन्त विजयी हुनुभएको छ । उहाँले २७२७४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप यादवले १३०३० मत प्राप्त गर्नुभएको छ।
४६ वर्षीय बुद्धिप्रसाद पन्त रौतहटमा जन्मिनुभएको हो।
स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका उहाँ हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापतिसमेत हुनुहुन्छ। पन्त व्यवसायी नेता तथा कुशल संगठन निर्माणकर्ताका रूपमा परिचित हुनुहुन्छ।
पन्तले पर्सामा होटल तथा हस्पिटालिटी क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै स्थानीय रोजगारी सिर्जना र सेवा-गुणस्तर सुधारमा योगदान पुर्याउनुभएको छ।
पर्यटन तथा व्यवसायिक क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले उहाँले होटल तथा पर्यटन उद्यमीहरूको संस्थामा अध्यक्षको जिम्मेवारी सम्हाल्दै पर्यटन प्रवर्द्धन र व्यवसायिक वातावरण सुधारका पहलहरू अघि बढाउनुभएको थियो।
उद्योग तथा व्यापार समुदायसँग समन्वय गर्दै पर्यटन र व्यवसायसँग सम्बन्धित मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाउने क्षमता उहाँसँग रहेको छ।।






प्रतिक्रिया राख्नुहोस्