पर्सा-३ बाट रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी

काठमाडौँ- पर्सा-३ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी हुनुभएको छ । उहाँले २९६७९ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६३६६ मत प्राप्त गर्नुभयो ।
५७ वर्षीय रामाकान्त प्रसाद चौरसिया पेसाले निर्माण व्यवसायी हुनुहुन्छ।
भौतिक पूर्वाधार विकास, निर्माण व्यवस्थापन तथा साइट/फिल्ड सञ्चालनमा उहाँको राम्रो अनुभव रहेको छ।
‘प्रोजेक्ट म्यानेजमेन्ट’मार्फत विकास आयोजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने विशेष क्षमता उहाँसँग रहेको बताइन्छ।
वीरगञ्ज-पर्सा क्षेत्रका निर्माण व्यवसायी तथा आम समुदायसँग उहाँको बलियो र दीर्घकालीन सम्बन्ध रहेको छ।
रोजगारी सिर्जना, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्दै प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्