कपिलवस्तु-३ बाट नेपाली काँग्रेसका अभिषेक प्रताप शाह

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु-३ बाट नेपाली काँग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । उहाँ २३५३५ मतसहित विजयी हुनुभएको हो। उहाँका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका प्रकाश रजौरियाले १८८९० मत प्राप्त गर्नुभएको छ ।
कृष्णनगर निवासी शाहको जन्म २०३९ सालमा भएको हो।
पारिवारिक रुपमा नै राजनीतिक पृष्ठबाट उदायका शाह स्वर्गीय पिता अजय प्रताप शाहले सुरु गरेको राजनीतिक यात्रालाई निरन्तरता दिँदै कपिलवस्तु क्षेत्रको राजनीतिमा सक्रिय भूमिका निभाउँदै आउनु भएको छ ।
उहाँले स्नातक तहसम्म अध्ययन पुरा गर्नु भएको छ । युवा अवस्थादेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आउनु भएका उहाँ युवा माझ निकै लोकप्रिया हुनुहुन्छ ।
शाहको राजनीतिक यात्रा विशेष गरी आफ्नो बुवाको निधनपछि अझ सक्रिय रूपमा अघि बढेको मानिन्छ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेर निर्वाचित हुनु भएको थियो ।
त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्दै फेरि संसद पुग्नु भयो ।
२०७४ सालमा भने पार्टी परिवर्तन गर्दै नेपाली काँग्रेसबाट चुनाव लडे र पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो।।






प्रतिक्रिया राख्नुहोस्