पाल्ला-२ बाट रास्वपाका माधव बहादुर थापा

काठमाडौँ- दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्ला-२ बाट प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका माधव बहादुर थापा विजयी हुनुभएको छ । उहाँले २६७३६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठले १२९९२ मत प्राप्त गर्नुभएको छ ।

पेशाले चिकित्सक माधवबहादुर थापा वि.सं. २०३७ सालमा जन्मिनु भएको हो।

उहाँले स्वास्थ्य तथा सार्वजनिक सेवा क्षेत्रको अनुभवका आधारमा सार्वजनिक सेवा सुधार, जवाफदेहिता र सर्वसाधारणको पहुँच बढाउने विषयलाई जोड दिँदै आउनु भएको छ ।

सामाजिक तथा राजनीतिक गतिविधिमा पनि उहाँको सक्रिय संलग्ता रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.