अछाम-१बाट नेपाली काँग्रेसका भरतकुमार स्वार विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अछाम-१ बाट नेपाली काँग्रेसका भरतकुमार स्वार निर्वाचित हुनुभएको छ । उहाँ १०७५९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १०२३३ मत प्राप्त गर्नुभएको छ ।

७० वर्षीय भरतकुमार स्वार नेपाली कांग्रेसका पाका नेताका रूपमा चिनिनुहुन्छ।

उहाँले २०३४ सालमा बी.पी. कोइरालाबाट नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ।

अछामको साँफेबगर केन्द्रित पञ्चायतविरोधी आन्दोलन, सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा उहाँले जिल्लाको नेतृत्व गर्नुभएको थियो।

आन्दोलनका क्रममा उहाँले पटक-पटक जेल सजायसमेत भोग्नु परेको थियो।

२०४९ सालमा जिल्ला विकास समिति (जिविस) सभापतिमा निर्वाचित भएपछि उहाँले जिल्लाको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.