रास्वपाले भोलिदेखि नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलिदेखि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।
भोलि विहान ९ बजेदेखि सो अनुशिक्षण कार्यक्रम ललितपुरको इमाडोलमा हुने छ ।
आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई भोलि र पर्सि अनुशिक्षण कार्यक्रम राखिएको सो पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
पार्टीबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सांसदहरुलाई पार्टीको विधान, अनुशासन, संसदमा प्रस्तुत हुने तरीकालगायतका विषयमा पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने नेता परियारले बताउनुभयो ।
नयाँ सांसदहरुले सञ्चारमाध्यममा बोल्ने तरीका र उठान गर्ने विषय सामाजिक सञ्जालको प्रयोग तथा अन्य पार्टी गतिविधिसँग जोडिएका विषयमा पनि छलफल र प्रशिक्षण हुने उहाँको भनाइ छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले करिव दुई तिहाई बहुमत हासिल गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्