हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जना १ करोड १६ लाख रुपैयाँ नगद सहित पक्राउ

काठमाडौँ- प्रहरीले हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ८ भिमढुङ्गका   सागर गिरी  र  प्रमोद प्रसाद धिताल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.