प्याराग्लाइडिङ प्रतियोगितामा ७ राष्ट्रका ९० पाइलट सहभागी

कास्की- पर्यटकीय नगरी पोखरामा आजदेखि २१ औँ संस्करणको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु सो प्रतियोगिता आगामी शनिबारसम्म संचालन हुनेछ ।
प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
एक्युरेसी विधामा मात्र केन्द्रीत रहेको यो प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी ७ राष्ट्रका प्याराग्लाइडिङ पाइलटबीच प्रतिस्पर्धा भइरहेको छ ।
सहभागी कुल ९० पाइलटमध्ये १४ जना महिला छन् ।
प्रतिश्पर्धाका लागि सराङकोटबाट उडान भरेर फेवाताल किनारमा रहेको खपौदीमा अवतरण गर्नुपर्ने छ । प्रतियोगितामा व्यक्तिगत तर्फ पुरुष विजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।।






प्रतिक्रिया राख्नुहोस्