बालेन्द्र शाह आज प्रधानमन्त्री बन्दै, यस्तो छ शपथ र पदभारग्रहणको तयारी

काठमाडौँ- मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन

प्रधानमन्त्रीको शपथ कार्यक्रम मध्याह्न १२:३४ बजे तय भएको  हुनेछ। समारोहलाई विशेष बनाउन ७ वटा शंख एकसाथ बजाइने तयारी गरिएको छ।त्यस्तै, १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गर्नेछन् भने १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम छ।शपथपछि बालेन शाह सिंहदरबार पुगेर दिउँसो २:१५ बजे औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

र्‍यापरदेखि काठमाडौँ महानगरको मेयर हुँदै प्रधानमन्त्रीको यात्रामा  शाह

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसक्नुभएको छ ।

प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको नेपाल टेलिभिजन  र नेपाल  टेलिभिजनका डिजिटल प्यालेटफर्म, नेपालटिभीअनलाइनट प्रत्यक्ष प्रसारण गरिने छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.