पक्ष-विपक्ष होइन निश्पक्ष बन्छु: सांसद महावीर पुन

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले आफू पक्ष-विपक्षमा नभई निश्पक्ष भूमिकामा रहने बताउनुभयो ।
आफ्नो संसद यात्राको फेहरस्ता सुनाउँदै सांसद पुनले आफू छोटो समयसम्म मन्त्री बन्दा शिक्षा क्षेत्रमा गर्न खोजेका कामहरुको सूची प्रस्तुत गर्नुभयो ।
आफूले विद्यालय शिक्षादेखि विश्वविद्यालय र प्राविधिक शिक्षाको क्षेत्रमा केही नयाँ काम गर्न खोजेर पनि नसकेपछि निर्वाचन लड्न म्याग्दी पुगेको उहाँको भनाइ थियो ।
आफू फरक मान्छे भएको भन्दै सांसद पुनले फरक शैलीमै प्रस्तुत हुने उल्लेख गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्