प्रधानमन्त्री बालेन्द्र शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्नु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको छलफलमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेश प्रदेशका संघीय सांसदहरूसँग पनि यस्तै छलफल गरिसक्नुभएको छ।
सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमार्फत समग्र विकासलाई अघि बढाउने रणनीति लिएको बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्