रास्वपाका सभापति लामिछाने र राप्रपा दलका नेता शाहीबीच भेटवार्ता

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीबीच भेटवार्ता भएको छ। लामिछानेसँग आज बिहान भेटवार्ता भएको शाहीले जानकारी दिनु भएको छ ।

शाहीले भेटवार्ताको फोटो सार्वजनिक गर्दै आफुहरु एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका बताउनु भएको छ। , ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ। राप्रपा संसदीय दलका नेता शाहीले लेख्नु भएको छ ।

सभामुखमा रास्वपाका उपसभापति डिपी अर्याल बन्ने निश्चित भएसँग उपसभापति को बन्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला उहाँहरु बीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

संविधानत् प्रतिनिधि सभाको सभामुख वा उपसभामुख एकै दलको हुन नुहुँने  ब्यवस्था रहेको छ । रास्वपाबाट सभामुख हुने निश्चित भएपछि अब उपसभामुख रास्वपा बाहेका अन्यदलबाट बनाउनु पर्ने अवस्था रहेको छ । उपसभामुखमा विपक्षीदलहरु नेपाली काँग्रेस, नेकपा र राप्रपा लगायतका दल आकाँक्षी देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.