चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका-१० किरनटारमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै एक हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।

विपन्न चेपाङ र तामाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरबाट १ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो।

ग्रीन सोसाइटी नेपाल चितवनको आयोजनामा तथा राप्ती नगरपालिका–१० को सह–आयोजनामा राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ग्रीन सोसाइटी पब्लिक स्कुल चितवनले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो।

शिविरलाई काठमाडौँस्थित शान्ति सेवा गृह तिलगंगाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

शिविरमा मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, दन्त उपचार, फिजियोथेरापी, बालरोग तथा स्त्रीरोग सेवा, रक्त परीक्षण र एक्स–रे जस्ता सेवाहरू प्रदान गरिएको थियो।

सेवाग्राहीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.