नयाँ वर्षको अवसरमा मन्दिर तथा पर्यटकीय क्षेत्रहरुमा मानिसहरुको घुइँचो

काठमाडौँ- नयाँ बर्षको पहिलो दिन विभिन्न मन्दिर एवम पर्यटकीय स्थलहरुमा चहलपहल एवम् भिडभाड देखिएको छ ।

देशभरका धार्मिक स्थलहरुमा भक्तजनहरुको विहानैदेखि घुइँचो लागेको छ। यसैगरी, विभिन्न पर्यटकीय ठाउँहरुमा पनि मानिसहरु नयाँ बर्ष मनाउन भेला भएका छन ।

पार्क र खुला चौरमा मानिसहरु पिकनिक खान भेला भएका छन ।

यसैगरी, आज बैशाख १ गते नयाँ वर्ष अर्थात बिशु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ ।

नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व मनाउन यहाँका गाउँबस्तीमा बाहिर गएकाहरू घर फर्कने चलन छ ।।

म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको धार्मिकस्थल महारानीथानमा मङ्गलबार नयाँ वर्षको अवसरमा पुजाआजा गर्न आएका भक्तजनहरु । हरेक मङ्गलबार र शनिबारका दिन पुजाआजा हुने महारानीथानमा भाकल र दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।
काठमाडौँको टोखा नगरपालिका-२ स्थित सपनतीर्थ मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन । नयाँ वर्ष अथात् वैशाख १ गते मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गरी मन्दिरमा पूजा आराधना गर्ने परम्परा रहेको छ ।
नयाँ वर्षको अवसरमा मङ्गलबार दक्षिणकाली मन्दिरमा दर्शनार्थीको घुइँचो ।
तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल बेणीसङ्गममा स्नान गरी पूजा–आराधना गर्न आएका भक्तजन । नयाँ वर्ष अर्थात् वैशाख १ गते यहाँ स्नान गरी पूजा–आराधना तथा दान गरे वर्षभरि आइपर्ने सङ्कट समाधान हुने, वर्षभरि गरिने काम राम्रो हुने हुने धार्मिक विश्वासका साथ भक्तजन यहाँ आउने गर्दछन् ।
नयाँ वर्षको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड ।
इलामको पर्यटकीय गन्तव्य कन्याममा नयाँ वर्षको दिन आज पर्यटकको भीड ।
नयाँ वर्षको अवसरमा मङ्गलबार गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गामा आन्तरिक एवं बाह्य पर्यटकको भीड ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.