सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

काठमाडौँ- सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस सम्बन्धीको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैबीच सरकारका प्रवक्ता पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने स्पष्ट पार्नु भएको छ । सञ्चारकर्मीहरुको जिज्ञाशामा प्रवक्ता पोखरेलले त्रिवि खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताउनु भयो ।
यस विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक भएको थियो । खाली गराउने त्यस्तो कुनै उद्देश्य छैन । लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढङ्गले गर्नुपर्ने छ, त्यसैले सकारात्मक कुराकानी भएको छ । पोखरेलले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्