ओमानलाई ८१ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल विजयी भएको हो ।
नेपालले ओमानलाई ८१ रनले हरायो । नेपालको जितमा आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ निर्णायक रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाललले ५९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो । नेपालका लागि गुल्सन झाले ५ विकेट लिए ।।






प्रतिक्रिया राख्नुहोस्