वैशाख २८ गते संघीय सदनमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरु पदमुक्त

काठमाडौँ- वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी सोमवार ४ बजे बस्ने दुबै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भयो ।

सङ्घीय संसद् अधिवेशन शुरूकै दिन संसद्‌मा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएपनि के विषयमा भन्ने खुलाइएको छैन ।

यस्तै मन्त्रिपरिषद बैठकले ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.